भारतको केरलमा जहाज दुर्घटनाः पायलट सहित १८को मृत्यु, १२७ घाईते

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

भारतमा दुबईबाट आईरहेको एयर ईण्डीयाको विमान शुक्रबार साँझ ७ बजेर ४१ मिनेट जाँदा केरल राज्यको कोझिकोड एयरपोर्टमा दुर्घटनाग्रस्त भएको छ । ठूलो बर्षाका कारण विमानको धावनमार्गमा पानी भरिएको थियो, जसका कारण विमान चिप्लीएर करिब ५० फीट गहरो खोंचमा पुगेको थियो ।
विमानमा १९० जना यात्रीहरु यात्रा गरिरहेका थिए, जसमध्य  पायलट सहित १८ जनाको मृत्यु भएको छ भने १२७ जना घाईते भएका छन् ।

प्राप्त जानकारी अनुसार विमानका क्रू सदस्यहरु भने सुरक्षित छन् । भारतीय नागरिक डड्डयन मन्त्री हरदीप सिंह पुरी कोझिकोड विमानस्थल पुगेका छन् ।
विमान दुर्घटना हुँदा विमानमा आगलागी भने भएको थिएन तर विमान दुई भागमा दुक्रिएको थियो । विमानको अगाडीको भागमा धेरै क्षती पुगेकोछ । विमान अवतरणका क्रममा घनघोर बर्षा भैरहेको थियो जसका कारण धावनमार्ग राम्रोसंग देखिएको थिएन । यसमा पनि रातको समय भएकाले विमान दुर्घटनामा परेको अनुमान गरिएको छ ।
विमानमा सवार यात्रिहरुमा करिब २६ जना यात्रुहरु आफ्नो जागीर गुमाएर घर फर्किरहेकाहरु थिए भने करिब २८ जना भीसा एक्सपायर भएर फर्काईएको थियो । साथै विमानमा १० जना बालबालिकाहरु समेत थिए ।
यसबाहेक जहाजमा सवार करिब ५४ जना मानिसहरु दुबई घुम्न भएका थिए जो कोरोना महामारीका कारण उतै अड्कीएका थिए । साथै ६ जना मेडिकल कारणले भारत फर्किएका थिए भने ३ जना विहे गर्नका लागि घर फर्कीएका थिए ।
:एजेन्सीहरुको सहयोगमा
 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु