भारतबाट आएका ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत् भीमदत्त नगरपालिका-१५ का ४५ वर्षीय संक्रमित पुरुषको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए। उनले अस्पताललाई उदृत गर्दै संक्रमितको मृत्यु भएको पुष्टि गरे।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

दोस्रो चरणको संक्रमण फैलिएपछि सुदूरपश्चिममा पहिलो पटक संक्रमितको मृत्यु भएको हो। अस्पतालका अनुसार ती पुरुष चैत २२ गते भारतको गुजरातबाट नेपाल आइपुगेका थिए। परीक्षणमा संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए। मृतकको शव बुधबार दिउँसो व्यवस्थापन गरिने छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सुदूरपश्चिम प्रदेशमा गत चैत २१ गते कोरोना भाइरसको नयाँ प्रकार(भेरियन्ट) को संक्रमण पुष्टि भएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एकरएक जनामा संक्रमण पुष्टि भएको थियो। भारतमा कोरोनाको दोस्रो चरण संक्रमण फैलिएपछि घर फर्किनेहरू नाकामा भीड बढ्न थालेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु