भारतमा आइतबार एकै दिनमा ५४ हजार ४७४ जना संक्रमण मुक्त

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 39
  •  
  •  
  •  
  •  
    39
    Shares

भारतमा ६२ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
आइतबार ६२ हजार ११७ जना संक्रमित थपिए । यसअघि शनिबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका थिए । शनिबार ६५ हजार १५६ जना नयाँ कोरोना संक्रमित जोडिएका थिए ।
भारतमा अहिलेसम्म २२ लाख १४ हजार १३७ जना संक्रमित पुगेका छन् । सक्रिय संक्रमित ६ लाख ३४ हजार ९२९ जना रहेका छन् ।
निको हुनेमा आइतबार रेकर्ड बनेको छ । आइतबार ५४ हजार ४७४ जनालाई निको भएको छ । यो अहिलेसम्मकै बढी हो । हालसम्म निको हुनेको संख्या १५ लाख ३४ हजार २७८ जनालाई निको भइसकेको छ ।
आइतबार मात्रै १ हजार १३ जनाको ज्यान गएको छ । मृत्यु भने एकै दिन तेस्रो उच्च हो । अहिलेसम्म ४४ हजार ४६६ जनाको ज्यान गइसकेको छ । भारतले लगातार अमेरिका र ब्रजिललाई संक्रमणमा उछिनेको छ ।
आइतबार महाराष्ट्रमा १२ हजार २४८ जना संक्रमित थपिए । शनिबार एकैदिन महाराष्ट्रमा अहिलेसम्मकै सबैभन्दा बढी १२ हजार ८२२ जना संक्रमित थपिएका थिए ।
त्यस्तै आन्ध्र प्रदेशमा १० हजार ८२० जना कोरोना संक्रमित भेटिएका थिए । बिहारमा समेत ३ हजार ९३४ जना संक्रमित भेटिएका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु