भारतमा एकैदिनमा १५ हजार ८१३ नयाँ कोरोना सङ्क्रमित थपिए,संक्रमितको संख्या चार लाख नाघ्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

भारतमा शनिबार एकैदिन १५ हजार ८१३ नयाँ कोरोना सङ्क्रमित थपिएसँगै कोरोना सङ्क्रमितको कुल संख्या चार लाख ११ हजार ७२७ पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

शनिबार बिहानसम्म तीन लाख ९६ हजार सङ्क्रमित रहेको भारतमा पछिल्लो चौबिस घण्टामा थपिएका नयाँ बिरामीसँगै कोरोना सङ्क्रमितको संख्या चार लाख ११ हजार ७२७ पुगेको हो । मृत्यु हुनेको संख्या १३ हजार २७७ पुगेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार संयुक्त राज्य अमेरिका, ब्राजिल र रुसपछि कोरोना भाइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुने राष्ट्र भारत हो । आर्थिक सुधारका लागि लकडाउनका उपायहरु हटाइएदेखि भारतमा कोरोना सङ्क्रमितको संख्या तिब्ररुपमा बढेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

पछिल्लो आठ दिनमा एक लाखभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । त्यसअघि तेस्रो एक लाख बिरामी पुग्न करिब दश दिन लागेको थियो । दोस्रो एक लाख पुग्न १५ दिन र पहिलो एक लाख पुग्न करिब ७८ दिन लागेको थियो । पछिल्लो चौबिस घण्टामा भारतमा एक लाख ८९ हजार ८६९ जनामा कोरोनाभाइरसको परीक्षण गरिएको छ । परीक्षणमा वृद्धि कोरोनाका नयाँ सङ्क्रमितको संख्या पनि बढ्दै गएको हो ।

भारतको महाराष्ट्र र राजधानी नयाँ दिल्ली कोरोनाबाट सबैभन्दा बढी प्रभाबित राज्य हुन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु