भारतमा एकैदिनमा ३९ हजार भन्दा बढी कोरोना संक्रमित थपिए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 166
  •  
  •  
  •  
  •  
    166
    Shares

भारतमा एकैदिन ३९ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । मंगलबार ३९ हजार १७२ जना संक्रमित थपिएका छन् । योसंगै कूल संक्रमित ११ लाख ९४ हजार ८५ पुगेका छन् । लगातार चौथो दिन ३५ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।
मंगलबार एकैदिनमा २७ हजार मानिसलाई निको भएको छ । भारतमा यो एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितलाई निको भएको हो । यसअघि सोमबार त्यतिन्जेलको सबैभन्दा बढी २४ हजार ३०३ जनालाई निको भएको थियो । आइतबार २२ हजार ७४२ जनालाई निको भएको थियो । शनिबार एकैदिन त्यतिन्जेलसम्मको सबैभन्दा बढी २३ हजार ५५२ जनालाई निको भएको थियो । अहिलेसम्म ७ लाख ५२ हजार ३९३ जनालाई निको भएको छ । अहिलेसम्म २८ हजार ७७० जनाको ज्यान गएको छ ।
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा एकै दिन ८ हजार ३३६ जना संक्रमित थपिएर ३ लाख २७ हजार ३१ जना पुगेका छन् । मृतक २४६ थपिएर १२ हजार २७६ पुगेका छन् । दोस्रो प्रभावित तमिलनाडुमा ४ हजार ९६५ जना थपिएर १ लाख ८० हजार ६४३ जना संक्रमित पुगेका छन् । मृतक ७५ थपिएर २ हजार ६२६ पुगेका छन् ।
तेस्रो प्रभावित दिल्लीमा १ हजार ३४९ जना थपिएर संक्रमित १ लाख २५ हजार ९६ पुगेका छन् । मृतक २७ थपिएर ३ हजार ६९० पुगेका छन् । चौथो प्रभावित कर्नाटकमा ३ हजार ६४९ संक्रमित थपिएर ७१ हजार ६९ पुगेका छन् । मृतक ६१ थपिएर १ हजार ४६९ पुगेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु