भारतमा कोराना संक्रमितको संख्या ३ लाख ६६ हजार ९४६ पुग्यो, मृत्यु हुनेको संख्या १२ हजार २३७

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या तीन लाख ६६ हजार ९४६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १२ हजार ८८१ नयाँ संक्रमित थपिएका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै अहिलेसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतम कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १२ हजार २३७ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ३३४ जनाको मृत्यु भएको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख १६ हजार ७५२ संक्रमित फेला परेका छन् भने पाँच हजार ६५१ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ५० हजार १९३ संक्रमित फेला परेका छन् भने ५७६ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ४७ हजार १०२ संक्रमित भेटिँदा एक हजार ९०४ को मृत्यु भइसकेको छ ।

गुजरातमा २५ हजार ९३ संक्रमित फेला परिसकेका छन् भने एक हजार ५६० जनाको मृत्यु भइसकेको छ । त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १४ हजार ५९८ संक्रमित फेला परेका छन् भने ४३५ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा १२ हजार तीन सय संक्रमित भेटिएका छन् भने ५०६ जनाको मृत्यु भइसकेको छ । बिहारमा ६ हजार ९४२ संक्रमित फेला परेका छन् भने ४४ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ९४ हजार ३२५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु