भारतमा कोरोनाबाट पछिल्लो २४ घण्टामा पाँच सयजनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 45
  •  
  •  
  •  
  •  
    45
    Shares

भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण पछिल्लो २४ घण्टामा मात्र पाँच सयजनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २३ हजार १७४ जनाको मृत्यु भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख ७८ हजार २५४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २८ हजार ७०१ नयाँ संक्रमित थपिएका छन् । भारतमा पछिल्लो केही दिनयता एकैदिन थपिएका कोरोना संक्रमितको संख्याले निरन्तर नयाँ रेकर्ड राख्दै आएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म दुई लाख ५४ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने १० हजार २८९ जनाको मृत्यु भएको छ । तामिलनाडुमा एक लाख ३८ हजारभन्दा धेरै संक्रमित फेला पर्दा अहिलेसम्म एक हजार ९६६ जनाको मृत्यु भइसकेको छ ।

दिल्लीमा पनि एक लाख १२ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने तीन हजार ३७१ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा पाँच लाख ५३ हजार ४७१ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु