भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४३ पुग्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ५४३ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार ८१६ पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै, भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख ७७ हजार ६१८ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३८ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

भारतको महाराष्ट्रमा कोरोना संक्रमितको संख्या तीन लाख नाघेको छ भने तामिलनाडुमा एक लाख ६५ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दिल्लीमा पनि एक लाख २१ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।

भारतमा कोरोना भाइरसको संक्रमणसँगै परीक्षण संख्या पनि बढाइएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख ५८ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण गरिएको भारतीय अयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)ले बताएको छ ।

अहिलेसम्म भारतमा एक करोड ३७ लाखभन्दा धेरै नमुना परीक्षण गरिएको आईसीएमआरले बताएको छ । भारतमा अहिलेसम्म ६ लाख ७७ हजार ४२३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु