भारतमा कोरोना संक्रमितको संख्या ८१ लाख ८२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ७१५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८१ लाख ८२ हजार ८८१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७४ लाख ८९ हजार २०३ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ४६८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार १४९ पुगेको छ ।
भारतमा कोरोना संक्रमितको संख्या ८१ लाख ८२ हजार नाघ्यो
- सिम्रिक खबर.
- • ४ महिना अगाडि