भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, पछिल्लो २४ घण्टामा ४५ हजार ५९९ जनामा कोरोना संक्रमण पुष्टि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 60
  •  
  •  
  •  
  •  
    60
    Shares

भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टाभित्र ४५ हजार ५९९ जनामा नयाँ कोरोना संक्रमण भएको पाइएको छ । जुन २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो ।
यसअघि सम्म कुनैदिन यतिको संख्यामा संक्रमित फेला परेका थिएनन् । भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । पछिल्लो ५ दिनको तथ्याङ्कमै भारतमा झण्डै २ लाखको हारहरीमा संक्रमित थपिएका छन् ।
भारतमा १२ लाख ३९ हजार ६८४ जना संक्रमित फेला पर्दा एशियाकै धेरै संक्रमित मुलुक बनेको छ । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २९ हजार ८९० पुगेको छ । त्यस्तै ७ लाख ८४ हजार २६६ जना निको भएर घर फर्किएका छन् ।
यसैबीच बिहीबार बिहानसम्म सबैभन्दा धेरै कोरोना संक्रमित मुलक अमेरिकामा ४१ लाख ८७५ जनामा कोरोना संक्रमण पाईएको छ । अमेरिकामा १ लाख ४६ हजार १८३ ले कोरोनाको कारण ज्यान गुमाएका छन् । त्यस्तै १९ लाख ४२ हजार ६३७ जना निको भएर घर फर्किएका छन् ।
त्यस्तै ब्राजिलमा झण्डै २३ लाख संक्रमित फेला परेका छन् । ८२ हजार ८९० को कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । १५ लाख ३२ हजार १३८ निको भएका छन् । ५ लाखभन्दा बढी संक्रमितको उपचार भइरहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु