भारतमा कोरोना संक्रमणको ग्राफ ह्वात ह्वात बढीरहेको छ । भारतीय प्रधानमन्त्री मोदिले लकडाउन शुरुको सम्बोधनमा २१ दिनमा कोरोना भगाउँछु भनी दिएको मन्तब्य अहिले घाँडो भएको छ । लकडाउन शुरु गरेको १५० दिन भैसक्दा भारत कोरोना संक्रमीत देशको विश्व सूचीमा तेश्रो स्थानमा छ ।भारतको कोरोना संक्रमितहरुको रेकर्ड दिने बेवसाईट कोभीड ईण्डया डटकम ले भारतमा दैनिक २० लाख भन्दा धेरै मानिसहरु संक्रमित रहेका देखाएको छ ।
मोदि सरकारका प्रतिपक्षी एवं भारतीय काँग्रेसका नेता राहुल गांधीले यसलाई एउटा रानीतिक निसाना बनाएका छन् । उनले ‘२० लाखका आँकडा पार, कहाँ गायब हे मोदी सरकार’ भनि शुक्रबार बिहान एउटा पोष्ट ट्वीट गरेका छन् ।
नेता गांधिले गत जुलाई १७ मा एउटा ट्वीट गर्दै, कोरोना संक्रमितहरुले १० लाखको आँकडा पार गरेको र यहि रफ्तारमा कोभीड-१९ फैलिएमा १० अगस्त सम्ममा २० लाख भन्दा बढि मानिस संक्रमित हुनेछन् भनी दावी गरेका थिए । हाल उनको प्रक्षपण सहि निक्लेको छ । भारतमा हालसम्म २० लाख २५ हजार संक्रमित भेटिएका छन् र यो लगातार बढ्दो छ ।
आँकडा अनुसार, भारतमा बिगत ९ दिन देखि लगातार दिनको ५० हजार कोरोना संक्रमितहरु थपीईरहेका छन् । बेवसाईटले दिएको जानकारी अनुसार पछिल्लो चौविस घण्टामा ६२ हजार भन्दा बढीमा कोरोना पुष्टी भएको छ ।
भारतमा २४ घण्टामा यति धेरै मानिसहरु संक्रमित भैरहँदा र जनतामा सरकारको उपस्थिती नदेखिंदा चर्को स्वरमा कराउने भारतीय मिडियाहरु मौन छन् ।
भारतमा दैनिक ५० हजारको आँकडा पार, कहाँ गायब छ मोदि सरकार ?
- सिम्रिक खबर
- • ६ महिना अगाडि