केही दिनयता भारतले कोरोना संक्रमणदर उच्च भएका विश्वका सबै देशलाई उछिन्न थालेको छ। पछिल्लो २४ घण्टामा भारतमा झण्डै ९० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ। वर्ल्डओमिटरका अनुसार त्यहाँ हिजो एकै दिन ८९ हजार आठ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो। यो संख्या सोही अवधिमा अमेरिकामा पुष्टि भएको संख्या भन्दा तीन गुणा भन्दा धेरै हो भने ब्राजिलको भन्दा पाँच गुणा भन्दा धेरै हो।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यस अवधिमा अमेरिकामा २६ हजार तीन सय १० जनामा संक्रमण पुष्टि भएको छ। ब्राजिलमा १७ हजार तीन सय ३० जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण सबैभन्दा धेरै मृत्यु पनि भारतममै भएको छ। त्यहाँ यस अवधिमा एक हजार एक सय सात जनाले ज्यान गुमाएका छन्। त्यसैगरी ब्राजलमा पाँच सय १६ र अमेरिकामा चार सय ३९ जनाले ज्यान गुमाएका छन्।



JUNGLE






from the
city



अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या भारतमा झण्डै ७४ हजार पुगेको छ। त्यहाँ अहिलेसम्म ४३ लाख ६७ हजार भन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ।