भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ४४५ जनाको मृत्यु, १४ हजार ८२१ संक्रमित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

असार ८, काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ४४५ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १३ हजार ६९९ पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १४ हजार ८२१ नयाँ संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोरोना भाइरसका संक्रमितको संख्या पनि चार लाख २५ हजार २८२ पुगेको छ । भारतको महाराष्ट्रमा अहिलेसम्म एक लाख ३२ हजारभन्दा धेरै संक्रमित भेटिएका छन् भने ६ हजार १७० जनाको मृत्यु भइसेकेको छ । दिल्लीमा कोरोना संक्रमित ५९ नाघेका छन् भने दुई हजार १७५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा पनि संक्रमितको संख्या ५९ हजार नाघेको छ भने ७५७ जनाको मृत्यु भइसकेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उत्तर प्रदेशमा अहिलेसम्म १७ हजार ७३१ संक्रमित फेला पर्दा ५५० को मृत्यु भइसकेको छ । त्यस्तै पश्चिम बंगालमा १३ हजार ९४५ संक्रमित फेला परेका छन् भने ५५५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । बिहारमा अहिलेसम्म सात हजार ६१२ संक्रमित फेला परेका छन् भने ५३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका दुई लाख ३७ हजार १९६ संक्रमित डिस्चार्ज वा निको भइसकेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु