भारतमा मङ्गलबार थप ३२ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमितको संख्या ९७ लाख ३५ हजार ८५० पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । जसमध्ये ९२ लाख १५ हजार भन्दा बढी सङ्क्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल चार लाख तीन ७८ हजार ५८१ व्यक्ति अझै पनि सक्रिय सङ्क्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम सङ्क्रमित भेटिएको यो लगातार ३१ औँ दिन हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
भारतमा कोरोना भाइरस सङ्क्रमणबाट २४ घण्टामा थप ४०२ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४१ हजार ३६० पुगेको छ । भारतभरी सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा ७४ हजार ४६० अझै पनि सक्रिय सङ्क्रमित रहेका बुधबार जनाइएको छ । महाराष्ट्रपछि केरलामा ५९ हजार ८७३ सक्रिय सङ्क्रमित अवस्थामा रहेका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १४ करोड ९८ लाख ३६ हजार नमूना परीक्षण गरेको जनाएको छ ।



JUNGLE






from the
city


