नेपालमा पनि निकै भाइरल भएको एउटा भिडिओ फुटेजमा विश्व हिन्दू सेना नामक सङ्गठनका कार्यकर्ताहरूले नेपालीका रूपमा प्रस्तुत गरिएका ती व्यक्तिको कपाल खौरिएर नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएको देखिन्छ।
उक्त घटनाको भिडिओ खिची बिहीवार सामाजिक सञ्जालमा प्रसार गरेको आरोपमा प्रहरीले शुक्रवार चार जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई शनिवार अदालतमा पेस गरिएको छ भने शनिवार थप दुई जना पक्राउ परेका छन्।

JUNGLE

from the
city

मुख्य आरोपित अरुण पाठक भने अझै फरार रहेको बनारस प्रहरीका एसएसपी अमित पाठकले जानकारी दिए।
उक्त घटनाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार अरुण पाठकले विश्व हिन्दू सेनाको फेसबुक पेज तथा आफ्नो फेसबुक र ट्विटरमा शुक्रवार बिहानसम्म प्रेषित गरिरहेका थिए।
तर त्यसपछि उनी निष्क्रिय देखिन्छन्।
को हुन् पीडितका रूपमा चित्रित व्यक्ति?
“नेपाली युवक”का रूपमा प्रस्तुत गरिएका ती व्यक्तिको जन्म बनारसमै भएको र उनी त्यहीँका बासिन्दा भएको प्रहरीले बताएको छ।
उनले आफू बनारसी सारी पसलमा काम गर्ने र आफूलाई मानसिक स्वास्थ्यको समस्या भएको जानकारी दिएका छन्।
यसअघि शनिवार बिहान एसएसपी पाठकले बीबीसीसँग भनेका थिए, “उनले उजुरी दिएका छैनन्, उनलाई फेला पार्न वा सम्पर्क गर्न सक्यौँ भने मात्र हामी (उनी नेपाली हुन् कि हैनन्) भन्न सक्छौँ।”
एसएसपी पाठकले भने, “आज हाम्रो सम्पर्क यो भिडिओमा देखाइएका व्यक्तिसँग भयो। उनी यहीँ बस्छन् र जल संस्थानको कोलोनीमा उनको आवास छ।”

कसरी बन्यो भिडिओ?
उक्त आपत्तिजनक भिडिओ बनाउने व्यक्तिहरूसँग ती व्यक्तिको पूर्वपरिचय भएको देखिएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार उनले पैसा लिएर अह्राएअनुसार अभिनय गर्न स्वीकारेका थिए।
“ती व्यक्तिहरूले भनेकाले आफू उनीहरूसँग गएको र भिडिओ बनाएबापत एक हजार रुपैयाँ लिएको उनले बताएका छन्,” एसएसपी पाठकले भने।
प्रहरी कार्यालयमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले पैसा लिएर शिर मुण्डन गराएको स्वीकार गरेका छन्।
“म मानसिक रोगी हुँ र डेढ महिनादेखि उधारोमा औषधि लिएको थिएँ,” उनले भने, “त्यसैले अलिकति मेहनत गर्दा औषधि आउँछ भन्ने लालचमा गएको हुँ।”
यसअघि बनारसमा बस्ने नेपाली समुदायका अगुवाहरूले पनि ती व्यक्ति को हुन् भनेर सोधखोज गरेका थिए।
भिडिओमा उनले नेपाली बोलेको सुनिए पनि उनी नेपाली हुन् वा नेपाली बोल्न सक्ने भारतीय हुन् भन्ने स्पष्ट हुन सकेको थिएन।
प्रहरीका अनुसार सिंहले आफू केही पटक नेपाल गएको तर आफ्ना पूर्वजको सम्बन्ध नेपालको कुन स्थानसँग छ भन्ने आफूलाई थाहा नभएको बताएका छन्।
:बिविसिनेपालीको सहयोगमा