भारतले चीनसँगको सिमानामा निगरानी क्षमतालाई मजबुत बनाउन इजरायल र अमेरिकाबाट ड्रोनहरु खरिद गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

भारतले चीनसँगको सिमानामा आफ्नो निगरानी क्षमतालाई मजबुत बनाउन इजरायल र अमेरिकाबाट ड्रोनहरु खरिद गर्ने भएको छ। लद्दाख नजिकका सीमा क्षेत्रहरुमा निगरानी बढाउनका लागि भारतले ५ सय करोड रुपियाँ बराबरको आक्रमण गर्ने क्षमता भएका ड्रोनहरु खरिद गर्न लागेको समाचार संस्था एएनआईले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको योजना अनुसार भारतले इजरायलबाट इजरायली हेरोन ड्रोन र अमेरिकाबाट अमेरिकन मिनी ड्रोन खरिद गर्नेछ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

ड्रोन खरिद गर्ने विषयको सम्झौता अन्तिम चरणमा पुगेको र यस सम्झौतामा आगामी महिना हस्ताक्षर हुने बताइएको छ। अहिले भारत र चीनबीच सीमा विवाद जारी रहेको अवस्थामा यी ड्रोन खरिदको विषयलाई महत्वका साथ हेरिएको छ। जाडो महिना सुरु हुनलाग्दा सीमामा प्रत्यक्ष रुपमा गस्ती गर्न गाह्रो हुन्छ र ड्रोनहरुको माध्यमबाट गस्ती गर्न सजिले हुने विश्वास गरिएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु