भारतले सीमा क्षेत्र पार गरेर फायरिङ गरेको चीनको आरोप

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

गएराती भारतले भारत र चीनबीच सीमा क्षेत्रमा चेतावनी फायरिङ गरेको चीनले आरोप लगाएको छ । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ सेनालाई उदृत गर्दै भारतीय सेनाले सीमा पार गरेर फायरिङ गरेको र अवस्थालाई स्थिर गर्न बाध्य भएर जवाफी कारवाही गर्नुपरेको उल्लेख गरेको छ । भारतीय समाचार एजेन्सी एएनआइले समेत पूर्वी लद्धाखको सीमामा फायरिङ भएको उल्लेख गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

चीनको सेनाका प्रवक्ता सिनियर कर्नेल जोंग शियुलीले विज्ञप्ति जारी गर्दै भारतीय सेना भारत(चीन सीमा पार गरेर पन्गोग त्सो लेकको दक्षिणी किनाराको पहाड नजिक शेनपाओ पहाडको इलाकामा घुसेको बताएका छन् । चीनले यो उलंघनपछि भारत र चीनबीच पछिल्लो पटक बनेको सहमतिको गम्भीर उल्लंघन भएको जनाउदै तनाव बढ्न सक्ने संकेत गरेको छ । चीनले यसबाट दुवै पक्षमा असमझदारी बढ्ने र यो कदम सेनालाई उत्तेजित बनाउने कदम भनेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

साथै चीनले भारतलाई सीमा क्षेत्रमा यस्ता गतिबिधि बन्द गर्न र सीमाबाट सेना फिर्ता लैजान आग्रह गरेको बिबिसीले उल्लेख गरेको छ । यो घटना केहि दिनअघि भारत र चीनका रक्षामन्त्रीको मस्कोमा छलफल पछि भएको छ । साथै दुवै देशका विदेशमन्त्री समेत मस्कोमा भेट गर्न लागेको बेला यो घटना भएको छ । यस अघि गत जुन १५ मा यसै क्षेत्रमा भारत र चीनका सेनाबीच भएको झडपमा भारतका २० सैनिक मारिएका थिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु