भारतीय क्रिकेटर धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ — भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा अव्यिक्ति शेयर गर्दै उनले अब आफुलाइ रिटाएर भएको सम्झन भनेका हुन् ।
उनी भारतीय क्रिकेट टिमका पूर्वकप्तान समेत हुन् । उनले लेखेका छन्, ‘अहिलेसम्मको माया र समर्थनका लागि धन्यवाद । ७ः २९ बजेपछि मलाई रिटायर्ड खेलाडीका रुपमा लिनुहोला ।’ भारतीय सञ्चारमाध्यमहरुले भने धोनीले सबै फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जनाएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनले आफ्नो करियरको विभिन्न आरोह अवरोहलाई मैं पल दो पलका शायर हूं’ गीतसहितको भिडियो बनाएर सेयर गरेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

भारतीय क्रिकेटमा धोनीलाई सफल कप्तानका रुपमा हेरिन्छ । धोनीकै कप्तानीमा भारतले सन् २००७ मा ट्वान्टी–२० विश्वकप, सन् २०११ मा एकदिवसीय विश्वकप र सन् २०१३ मा आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो । धोनीले अन्तिम पटक सन् २०१९ को विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्याण्डविरुद्धको खेल खेलेका थिए । जुन खेल भारतले हारेको थियो ।
धोनीले टेस्ट क्रिकेटबाट भने सन् २०१५ को सुरुवातमै सन्यासको घोषणा गरेका थिए । धोनीले सन् २००४ मा भारतीय टिममा डेब्यु गरेका थिए । डेब्यु गरेको ३ वर्षमै उनलाई ट्वान्टी–२० टिमको कप्तानी दिइएको थियो ।

त्यस्तै इन्डियन प्रिमियर लिगमा पनि धोनीले चेन्नई सुपर किंग्सलाई तीन पटक उपाधि दिलाएका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु