भारतीय सेना प्रमुख बुधवार नेपाल आउँदै, उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 44
  •  
  •  
  •  
  •  
    44
    Shares

भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवाणे बुधवार नेपाल आउँदैछन् । सेना प्रमुख नरवाणे नेपाल आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । भारतले कब्जा गरेको नेपाली भूमि कालापानीबारे विवादित बयान दिएका नरवाणे नेपाल आउने पूर्व सन्ध्यामा विरोध हुनसक्ने भन्दै राजधानीमा उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नरवाणे आवतजावत गर्ने सडकमा समेत सुरक्षा सर्तकता बढाइएको छ । नरवाणेको भ्रमणको बेला हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० विश्वराज पोखरेलले बताए । ‘पाहुना आउँदा अन्य समयको जस्तै सुरक्षा दिन्छौं र त्यसै गरी नै सुरक्षा व्यवस्था मिलाइएको छ,’ डीआईजी पोखरेलले लोकान्तरसँग भने । नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले सुरक्षा व्यवस्था मिलाएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए । ‘प्रहरी र सेनाले समन्वयमा सुरक्षा व्यवस्था मिलाएका छौं,’ प्रवक्ता पौडेलले लोकान्तरसँग भने । बुधवार नरवाणेको औपचारिक कार्यक्रम नभएको प्रवक्ता पौडेलले बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सेना प्रमुख नरवाणे कति बजे नेपाल पुग्ने भन्ने सुरक्षाका कारण नखुलाइएको नेपाली सेनाले जनाएको छ । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार बुधवार बिहान ११ बजे भातीय सेनाको विमानमार्फत उनी आउने तालिका छ । ‘भोलि (बुधवार) बिहान ११ बजे विमानस्थल आइपुग्ने भन्ने सूचना आएको छ,’ विमानस्थलका एक अधिकारीले भने । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको प्रकरणमा भारतीय सेना प्रमुख नरवाणेले नेपाल अरुको इशारामा चलेको भन्ने विवादित अभिव्यक्ति दिएका थिए । केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रूपमा भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त गोयल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल आएका थिए । उनी प्रधानमन्त्री ओली लगायत नेतालाई भेटेर एकै दिनमा फर्किएका थिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु