भिएनामा आतंकवादी हमलामा कम्तीमा दुई जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

अस्ट्रियाको राजधानी भिएनामा आतंकवादी हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको छ । भियनाका विभिन्न ६ स्थानमा भएको हमलामा एक हमलाकारीसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य १५ जना घाइते भएका छन् । त्यसमध्ये छ जनाको अवस्था गम्भीर रहेको भिएनाका मेयरले जनाएका छन् । राइफलसहित आएका व्यक्तिहरूले एकसाथ छ फरक स्थानमा गोली चलाउन थालेका थिए । लगत्तै प्रहरी र आक्रमणकारीहरूबीच गोली हानाहान भएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

घटनालाई अस्ट्रियाका चान्सलर जेबास्टियन कुर्ट्सले एउटा ‘घृणित आतङ्कवादी हमला’ भनेका छन्। एक हमलाकारी मारिएको र अर्का एकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दालाई सार्वजनिक ठाउँमा ननिस्किन र यातायात प्रयोग नगर्न अस्ट्रिया सरकारले आग्रह गरेको छ । चेक गणतन्त्रका प्रहरीले अस्ट्रियासँगको सीमानामा सुरक्षा जाँच शुरू गरेको बीबीसीले जनाएका छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु