भिडियो एप टिकटक खरिद गर्ने माइक्रोसफ्टको प्रयास असफल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

अमेरिकी कम्पनी माइक्रोसफ्टले भिडियो एप टिकटकको अमेरिकी बिजनेस खरिद गर्ने आफ्नो प्रयास असफल भएको बताएको छ । टिकटकको माउ कम्पनी बाइटड्यान्सले माइक्रोसफ्टको प्रस्ताव अस्वीकार गरिदिएपछि एक महिनायताको प्रयास असफल भएको खबर द भर्जले प्रकाशित गरेको छ । अमेरिकी राष्ट्रपित डोलाल्ड ट्रम्प नै प्रत्यक्ष संलग्न भएर टिकटकको स्वामित्व अमेरिकी कम्पनीलाई दिन वा अमेरिकी बिजनेश ध्वस्त पार्न दबाब दिँदै आएका थिए । माइत्रोसफ्टले उल्लेख गरेको छ, ‘बाइटडान्सले हामीलाई टिकटकको अमेरिकी अप्रेसनहरू नबेच्ने खबर गरेका छन् ।’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

राष्ट्रिय सुरक्षाको विषय उठिरहेका बेला आफ्नो प्रस्ताव टिकटक प्रयोगकर्ताका लागि सही भएकोप्रति माइक्रोफ्टले बताएको छ । अनलाइन सुरक्षा, गोपनीयता कायम गर्नुका साथै गलत सूचना प्रवाहबाट रोक्नका लागि सेवाको स्तरीयता रोक्ने विषय प्रस्तावमा उठाएको कम्पनीले बताएको छ । माइक्रोसफ्टले गत महिना टिकटकको अमेरिका, अस्ट्रेलिया, क्यानडा र न्युजल्यिान्डको व्यवसाय आफूले किन्न खोजिरहेको सार्वजनिक रूपमै बताएको थियो । यता माइक्रोसफ्टको असफल प्रयासपछि अन्य कम्पनीलाई बाटो खुलेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तर चीनले टिकटक बिक्री गर्नुको साटो अमेरिकी सञ्चालन नै बन्द गर्ने संकेत दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटक बिक्रीका लागि दिएको अल्टिमेटम सकिनै लाग्दा चीन सरकार त्यसको विपक्षमा देखिएको हो । रोयटर्सका अनुसार चिनियाँ सरकार बाइटड्यान्सको टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न अनुमति दिनुभन्दा सहजै बन्द गर्ने पक्षमा देखिएको छ । टिकटकको जारी बिक्रीको सन्दर्भ नियमित कारोबारको विषय भने होइन ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनिक हैसियतको दम्भ देखाउँदै टिकटक बिक्रीका लागि जबरजस्ती गरिरहेका छन् । टिकटक हत्याउँदा त्यसको निश्चित हिस्सा अमेरिकी सरकारले समेत पाउनुपर्ने जोड उनले गर्दै आइरहेका छन् । तर यो अवधारणा कानूनी हो वा होइन भन्ने विषय समेत हालसम्म प्रस्ट भइसकेको छैन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु