नेपाल–भारत अन्तर सरकारी समितिको बैठक सम्पन्न भएको छ । सोमवार भिडियो कन्फरेन्स मार्फत भएको बैठकमा नेपाल र भारतका वाणिज्य सचिवहरुको अध्यक्षतामा अनाधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवाहन तथा सहकार्यका विषयमा छलफल भएको छ । विभिन्न मन्त्रालय तथा काठमाडौंस्थित भारतीय राजदूतावासका अधिकारी सहितको १५ सदस्यीय भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासँगसँगै भारत सरकारका वाणिज्य मन्त्रालयका वाणिज्य सचिव श्री अनुप वाधवाले गरेका थिए । त्यस्तै विभिन्न मन्त्रालय एवम् विभागका अधिकारी सम्मिलित नेपाली टोलीको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्यालले गरेका थिए ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
आइजीसी दुई देशबीच व्यापार तथा लगानीलाई प्रवर्धन गर्ने प्रमुख द्धिपक्षीय संयन्त्रको रुपमा रहेको छ । बैठकमा व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख एजेण्डामा भएका प्रगतिबारे समिक्षा गरिएको जनाइएको छ। उक्त बैठकमा व्यापार तथा पारवाहन सन्धिको बृहत समिक्षा, रेलसेवा सम्झौतामा संशोधन, लगानी प्रवर्धनका लागि भएका पहल तथा प्रयास, संयुक्त विजनेस फोरमको गठन, दुवै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा स्तरमा सामन्जस्यता कायम लगायतका विषयमा गहन छलफल भएको छ । व्यापार तथा वाणिज्य सम्बन्ध तथा सम्पर्कलाई भविष्यमा अझ सुदृढ बनाउन सरकारी स्तरमा गर्नुपर्ने प्रयासकाबारे पनि दुवै पक्षबीच विस्तृत छलफल भएको जनाइएको छ । यस आइसीजी बैठकको तयारीका लागि यही मंसीर १८ देखि १९ सम्म अन्तर सरकारी उपसमितिको सहसचिव स्तरको बैठक बसेको थियो ।



JUNGLE






from the
city



नेपालको आयात तथा निर्यात दुवैको क्षेत्रमा व्यापार तथा लगानीमा दुवै देश साझेदारको रुपमा रहेको छ । बैठकमा विगत दुई तीन वर्षको तथ्यांकलाई तुलना गर्दै नेपाली निर्यातमा भारत ठुलो हिस्सा रहेको भन्ने भन्ने विषयमा छलफल भएको थियो । साथै बैठकमा भएको विस्तृत छलफल र प्रगतिले नेपाल भारतबीचको आर्थिक तथा वाणिज्य सम्बन्धलाई विस्तार गर्न थप सघाउ पुर्याउने अपेक्षा गरिएको बताइएको छ ।