फोटोग्राफी र प्रिमियम डिजाइनका लागि चर्चित मानिने भिभो ब्राण्डले भी ट्वान्टीपछि आफ्नो भी सिरिजको अर्को फोन भी ट्वान्टी एसई नेपाली बजारमा भित्र्याएको छ । नेपाली बजारमा भी ट्वान्टी एसई स्लिक डिजाइनमा उपलब्ध भएको छ । फोटोग्राफीका लागि उत्कृष्ट मानिएको यो फोनमा ४८ मेगा पिक्सेलको रियर र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । फोनको क्यामेरामा सुपर नाईट मोड, सुपर नाइड सेल्फी मोड, सुपर वाइड एंगल, मल्टी स्टाइल पोट्रेट लगायत सुपर म्याक्रो लगायतका मोड रेहेका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
त्यस्तै औरा स्क्रिन लाइट, मल्टी स्टिाइल पोट्रेट, एआई फेस ब्युटी, प्रोफेसनल पोट्रेट, अल्ट्रा स्टेबल भिडियो, भिडियो ब्युटी लगायतका क्यामेरा फिचर रहेको उल्लेख गरिएको छ । ‘भिभोले सधैं ग्राहकको आवश्यकतालाई मध्यनजर गरेर उत्पादन ल्याउने गरेको छ,’ भिभो नेपालका निर्देशक भन्छन्, ‘ग्राहकको आवश्यकता अनुरुप भिभो भी ट्वान्टी एसई उत्कृष्ट क्यामेरा प्रविधि, बेजोड प्रदर्शनीका साथमा किफायती मूल्यमा उपलब्ध भएको छ ।’ पातलो र आधुनिक डिजाइनका साथ आएको यो फोन ७।८३ एमएमको रहेको छ । भी ट्वान्टी एसई दुई कलर ग्रयाभिटी ब्ल्याक र अक्सिजन ब्लुमा बजारमा आएको छ । भिभो भी ट्वान्टीमा रहेको ६।४४ इन्च ९१६।३७ सेमि० १०८० पिक्सेल एमोलिड, हलो फुल भ्यू डिस्प्ले रहेको छ ।



JUNGLE






from the
city



फोनमा क्वालकम स्न्यापड्रागन टिएम ६६५ प्रोसेसर रहेको छ । यसमा ८ जिबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज रहेको छ । फोनमा ४१ सय एमएच ब्याट्री रहेको छ । ३३ वाटको फ्ल्यास चार्जर रहेको फोन ३० मिनेटमा ६२ प्रतिशत रिचार्ज हुने कम्पनीले जनाएको छ । यो फोन आइतबारदेखि नेपाली बजारमा उपलब्ध भएको छ । यसको बजार मूल्य ३९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।