भुमिको विवादलाई लिएर पुरानो द्धन्दरत देशहरु आर्मेनिया र अजरबैजान युद्धमा होमिए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

भुमिको विवादलाई लिएर विश्वको पुरानो द्धन्दरत देशहरु आर्मेनिया र अजरबैजान युद्धमा होमिएका छन् । आइतवार युद्धमा परि कम्तिमा २३ जनाको मृत्यु भएको विविसीले जनाएको छ । यो हताहति नागोर्नो–काराबाख क्षेत्रमा भएको जनाइएको छ । यो क्षेत्र शुरुदेखि अजरबैजानको अधिनमा रहेको भएता पनि सो क्षेत्रमा आर्मेनियाली जनजातीहरु बसोबास गर्ने गरेका छन् र यो क्षेत्र उनीहरुको नियन्त्रणमा छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सन १९९० मा भएको युद्धमा यस क्षेत्रमा हजारौंको मृत्यु भएको थियो । अजरबैजानका राष्ट्रपति इहाम एलिएभले उक्त क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिनेमा आफु ढुक्क भएको बताएका छन् । यि दुई देशका बीच काउकासस हिमाली क्षेत्रलाई लिएर पनि दशकौंदेखि द्धन्द निरन्तर चल्दै आएको छ । यसै वर्षको गत जुलाईमा भएको दुई देशबीचको झडपमा परि कम्तिमा १६ जनाको मृत्यु भएको थियो । दक्षिण काउकासस क्षेत्रबाट हुँदै प्राकृतिक ग्याँस ओसार पसार गर्ने पाइपलाईन विश्व बजारमा जोडिएको छ । त्यसैले दुवै देशले यस क्षेत्रलाई महत्वका दृष्टिले हेर्ने गर्दछन् । टर्कीका राष्ट्रपति रिसेप ट्आइपी इर्दोआनले अजरबैजानलाई समर्थन उक्त देशको संप्रभुताका लागि विश्व एक हुनु पर्नेमा जोड दिएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु