इटालीमा कोरोना महामारीका बीच भेनिस फिल्म फेस्टिभल सुरु भएको छ । बुधबार राति कोरोना भाइरसका कारण निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै ७७ औं फिल्म फेस्टिभल सुरु भएको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
महामारी सुरु भएपछि प्रत्यक्ष आयोजना युरोपको पहिलो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल हो । यद्यपि महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा लगाइएको प्रतिबन्धका कारण कैयौं अन्तर्राष्ट्रिय सेलिब्रेटीहरु यस पटकको महोत्सवमा सामेल हुन पाएनन् । “आजको रात यहाँ उपस्थित हुन पाउँदा कुनै चमत्कार भएको महसुस भइरहेको छ” फिल्म महोत्सवकी जुरीमध्ये एक अष्ट्रेलियन अभिनेत्री केट ब्लान्सेटले भनिन् ।



JUNGLE






from the
city



आयोजक टिमको अग्रसरताप्रति सम्मान प्रकट गर्दै भनिन्, “यो महामारीको समयमा स्ट्रिमिङ प्लेटफर्महरु सहयोगी भए । चलचित्र एक अत्यावश्यक अनुभव हो, जसलाई समर्थनको जरुरी छ ।” यो पटकको रेड कार्पेटमा सेलिब्रेटीहरुको पहिरनभन्दा पनि उनीहरुले लगाएर आएका विभिन्न डिजाइनको मास्क आकर्षणको केन्द्र बनेको छ ।
आयोजक टिमले सुरक्षाका सावधानी अपनाउँदै महोत्सवको आयोजना गरेको छ । जसमा उपस्थित सबैले अनिवार्य मास्क लगाउनु पर्नेछ भने हरेकलाई प्रवेश गर्दा शरीरको तापक्रम जाँच गरिनेछ । चलचित्र प्रदर्शनीको समयमा पनि भौतिक दूरी कायम गरिनेछ ।