भोलि सोमबार एकै दिन केटीएमले दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

केटीएमले भोलि सोमबार एकै दिन दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । यी दुबै मोडल बीएस ६ इन्जिन युक्त हुने छन् । ड्यूक २०० बीएस ६ र ड्यूक २५० सार्वजनिक गर्ने भएको हो । ड्यूक २०० र २५० को बुकिङ यसअघि लिदैँ आएको थियो । त्यतिबेला ग्राहकले ३० हजार टोकन रकम बुझाएर बुकिङ गरेका थिए ।‘भोलि ड्यूक २०० र २५० एकैसाथ बीएस ६ इन्जिनमा सार्वजनिक गर्दैछौं’ कम्पनी स्रोतले मेरोअटोसँग भन्यो । योसँगै बीएस ६ मोटरसाइकल भित्र्याउने केटीएम पहिलो कम्पनी भएको छ । हालसम्म नेपालमा अन्य कम्पनीले बीएस ६ मोडलका मोटरसाइकल ल्याएका छैनन् । ड्यूक २५० मा २४८.८ सीसी सिगंल सिलिन्डर लिक्वीड कुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले २९।६ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस्तै केटीएम ड्यूक २०० मा १९९.५ सीसी सिंगल सिलिन्डर, एफआई, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १०००० आरपीएममा २५ पीएस पावर तथा ८००० आरपीएममा १९।३ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । यी दुबैमा फुल डिजिटल कन्सोल, फुल एलइडी लाइट, गियर इन्डिकेटर, अलोय ह्वील, एबीएस, यूएसडी फर्क जस्ता फिचर रहेको छ । बीएस ६ ड्यूक २०० को मूल्य ५ लाख ४० हजार र २५० को मूल्य ६ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु