मंगलबारबाट पुनः चार्टर्ड उडान सुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

मंगलबारबाट विदेशमा रहेका नेपालीको उद्धारका लागि पुनः चार्टर्ड उडान सुरु हुने भएको छ । यसअघि होटेल क्वारेटिनको व्यवस्थापन हुन नसकेको भन्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्देशनमा गत सोमबारबाट विदेशबाट नेपालीलाई ल्याउन रोक लगाइएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मंगलबारबाट लागू हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तालिका तय गरेको छ । यसअनुसार मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाले नेपालीलाई काठमाडौं ल्याउने छ । बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट यात्रु ल्याउनेछ । नेपाली कम्पनीको उडान तालिका भने बिहीबार मात्र छ । यो दिन नेपाल एयरलाइन्सले रियाद र हिमालय एयरलाइन्सले दमामबाट यात्रु ल्याउने छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सोही दिन यूरोप र अमेरिकाका यात्रुलाई टर्किस एयरले बोकेर काठमाडौं ल्याउने गरी तालिका तय गरिएको छ । सरकारले १६ भदौबाट भने नियमित उडान गर्ने निर्णय गरिसकेको छ । त्यस अगाडी ८ दिन उद्धार उडान हुन लागेको हो । अब नेपाल आउने सबै यात्रुको अनिवार्य पीसीआर रिर्पोट हुनुपर्छ । पीसीआर नभएका यात्रु ल्याएमा उनीहरुलाई क्वारेन्टिनमा राखेको खर्च एयरलाइन्सले नै बेहोर्नुपर्छ ।

वायुसेवा कम्पनीले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको सहकार्यमा मात्र यात्रु ल्याउन पाउने छन् । नेपाल आइसकेपछि अब सबै यात्रु अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्छ । यसरी बस्दाको खर्च आफैंले बेहोर्नुपर्छ । दिनमा ५ सयजना मात्रै भित्रिन अनुमति दिइनेछ ।

टर्किस र कतार एयरले एक उडानमा मात्र १ सय जना सम्म बोक्न पाउने गरी अनुमति दिएको पर्यटन मन्त्रालयले जनाएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु