नेपाली बजारमा मंगलबार सुनको मुल्य प्रतितोला ७ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन बुधबार ९३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, तेजावी सुनको मुल्य ९२ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ। सोमबार सुनसँगै चाँदीको मुल्य पनि घटेको छ। महासंघका अनुसार मंगलबार प्रतितोला १ हजार २ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार २ सय १५ रूपैयाँमा कारोबार भइरहको छ। यो मगलबारको तुलनामा २० रूपैयाँ कम हो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६० अमेरिकी डलर छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185