काठमाडौं। नेपाली बजारमा सुनको मुल्यमा भारी गिरावट आएको छ। मंगलबार सुन प्रति तोला ३४ सय रुपैयाँले घटेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा भारी गिरावट आएसँगै नेपाली बजारमा पनि मुल्य घटेको हो। मंगलबार सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । आइतबार सुनको भाउ प्रतितोला ९८ हजार २०० रुपैयाँ थियो। चाँदीको मूल्य पनि प्रति तोला ७० रुपैयाँले घटेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १२१५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १२८५ रुपैयाँ थियो। अमेरिकाले कोभिड–१९ को भ्याक्सिन पत्ता लगाएसँगै सुनको मूल्यमा गिरावट आएको हो। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औन्स १९६१ डलरबाट १८६१ डलरमा झरेको थियो।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185