सुत्केरीलाई कोरोना संक्रमितसँगै राखेर उपचार गरेको भिडियो सार्वजनिक भएपछि मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन् । उख्नाको राजीनामा बिहीबार संसदले पारित गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । संसदमा ९५ प्रतिशत सांसदले प्रधानमन्त्रीको राजीनामाको पक्षमा मतदान गरेका जनाइएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
एक अस्पतालमा सुत्केरी र नवजात शिशुसँग कोरोनाभाइरस संक्रमितलाई राखेको भिडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीको चौतर्फी विरोध भएको थियो । विरोधसँगै आन्दोलन चर्किएको थियो । उनले गल्ती भएको भन्दै सरकार प्रमुखको हिसावले जिम्मेवारी लिँदै माफी मागे पनि आन्दोलन नरोकिएपछि राजीनामा दिएका थिए । कोरोनाभाइरस आफ्नो देशमा भित्रिन नदिन गत वर्षदेखि नै नाकाबन्दी गरेको मंगोलियामा नोभेम्बरमा पहिलो आन्तरिक संक्रमण भेटिएको थियो ।
Advertisements



JUNGLE






from the
city


