मंसिर १ भाइटीकालागि अशुभ रहेको भन्ने अफवाहको पछि नलाग्न पञ्चाङ्ग निर्णायक समितिको आग्रह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

काठमाडौं । मंसिर १ भाइटीका लगाउन विभिन्न कारणले अशुभ रहेको भन्ने अफवाहको पछि नलाग्न पञ्चाङ्ग निर्णायक समितिले आग्रह गरेको छ । समितिका सचिव सूर्य ढुंगेलले विभिन्न कारणले अशुभ योग परेको भनेर फैलाइएको सूचनामा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन् । मलमासका कारण केही समय पछि सरेको तिहारको मुख्य दिन भाइटीका यो वर्ष मंसिर १ गते परेको छ । तर बजारमा कसैले मंसिरमा दिदीबहिनीबाट दाजुभाइलाई टीका लगाउन नहुने भन्ने हल्लाका कारण धेरैमा अन्योल सिर्जना भए पनि यसमा कुनै सत्यता नरहेको ढुंगेलले बताएका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

‘पहिलो कुरा त शास्त्रले मंसिरमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाउन हुँदैन भन्ने कुनै विधान तय गरेको छैन’ ढुंगेलले भने ‘हामीले मनाउने पर्व चान्द्रमास अनुसार तय हुन्छ र मंसिर एक गतेपनि चान्द्र मास अनुसार कात्तिक महिना नै पर्ने भएकोले त्यो तर्कमा कुनै सत्यता छैन ।’ अर्कोतर्फ शुभ योग नरहेको भनेर चलेको हल्लामा पनि सत्यता नरहेको ढुंगेलले जानकारी दिए । मध्याह्नमा द्वितीया तिथी परेको दिन यमद्वितीया या भाइटीका मनाउने चलन छ । त्यसैले यसमा कुनै शुभ र अशुभ योगको कुरा नहुने ढुंगेलले बताए । त्यसैले भाइटीकाको दिन निर्धक्क भएर भाइटीका लगाउन पनि ढुंगेलले सबैमा आग्रह गरेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु