मकवानपुरमा तुइनबाट खस्दा एक वृद्धको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

श्रावण ७, काठमाडौं । तुइनबाट खसेर हेटौंडा उपमहानगरपालिका-१ लालझाडी बस्ने ७७ वर्षीय कृष्ण प्रसाद पराजुलीको मृत्यु भएको छ।उनको उपचारका लागि अस्पताल लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
‘उनी हिजो (मंगलबार) साँझ ५ बजे पारीपट्टिको खेतमा जान खोजेका थिए,’ डिएसपी इन्द्रबहादुर रानाले भने, ‘तुइनमा चढ्न एउटा खुट्टा राखेर अर्को राख्दा चिप्लिएर लडे।’ डिएसपी रानाका अनुसार चट्टानमा बजारिएपछि उनी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका उनलाई प्रहरी पुग्नुअगावै हेटौंडाको जिल्ला अस्पताल लगिएको थियो। ‘जिल्लाबाट भरतपुर अस्पतालमा ‘रिफर’ गरिएको थियो तर पुग्न नपाउँदै उनको बाटोमै मृत्यु भयो,’ उनले भने।
उनको शव पोष्टमार्टमको लागि हेटौंडा जिल्ला अस्पतालमा राखिएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु