मनसुन पाँच दिन ढिलो गरी भित्रिने सम्भावना

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जेठ २८ काठमाडौं । जुन १० का दिन नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मनसुन भित्रिनका लागि जुन खालको वातावरण हुनुपर्ने हो, त्यो बनिनसकेकाले अझै पाँच दिन लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । नेपालमा मनसुन भित्रिनका लागि पानी पर्ने गतिविधि बढ्नाका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरी न्यून चापीय रेखा बन्नुपर्छ । ‘यी प्रणालीहरु विकसित हुने क्रमै रहेकाले मनसुन केही दिन ढिलो भित्रिने सम्भावना रहेको हो’, मौसमविद् कँडेलले भने ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यसका साथै मनसुन प्रवेश गर्नका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा स्पष्टसँग देखिनुपर्ने हुन्छ र न्यून चापीय क्षेत्रको विकास भएर न्यून चापीय रेखा नेपालतिर परेको हुनुपर्छ । गत वर्ष पनि १० दिन ढिलो अर्थात् (२० जुन) मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु