५ साउन, काठमाण्डौ । यो वर्ष मनसुन सुरु भएदेखि हालसम्मको अवधिमा १ सय १३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण २८ जिल्लामा ११३ जनाको मृत्यु भएको हो ।
विभिन्न जिल्लामा भएका घटनामा १०३ जना घाइते छन् भने ४५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी राखिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार खोज तथा उद्दारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।
प्रहरीका अनुसार हालसम्म मनसुनजन्य विपदबाट सबैभन्दा बढी म्याग्दीमा २८ जनाको मृत्यु भएको छ भने जाजरकोटमा १२, तनहुँमा ११ र कास्कीमा १० जनको मृत्यु भएको छ ।
नेपालमा मनसुन ३० असारबाट भित्रिएको थियो ।
मनसुन सुरु भएयता बाढी पहिरोको कारण ११३ जनाको मृत्यु, ४५ वेपत्ता
- सिम्रिक खबर
- • ६ महिना अगाडि