काठमाडौं । निश्चित समयमै कृषकहरु माझ मल उपलब्ध नगराएको भन्दै दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । कृषि मन्त्रालयको सिफारिसमा कृषि सामग्री संस्थानले शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने भएको छ । यसको साथै उक्त कम्पनीहरुले ठेक्का लिने क्रममा धरौटीमा राखिएको ५/५ करोड रुपैयाँ समेत जफत गरिने भएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
मलको ठेक्का हात पार्ने शैलुङ कस्ट्रक्सनका शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष प्रचण्डका घरबेटी हुन् । उनले माओवादीको प्रभाव प्रयोग गरेर ठेक्काहरु हात पार्ने गरेको र मलमा पनि त्यस्तै प्रभावको प्रयोग भएको स्रोतको दाबी छ । त्यसैगरी अर्को होविको मल्टीपल कम्पनीका होमनाथ कोइराला नेपाली कांग्रेस निकट ठेकदार मानिँदै आएको छ । विदेशबाट भित्रिने मलको वितरणमा पनि ७ हजार सय ७ सय सहकारीले सिन्डिकेट चलाइरहेको कृषि मन्त्रालयको निश्कर्ष छ । अब सहकारीमार्फत किसानलाई वितरण गरिँदै आएको मल सिधै स्थानीय तह मार्फत किसानसमक्ष पु¥याइने गरी कषि मन्त्रालयले नयाँ निर्देशिका तयार पारेको कृृषि मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।