Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
भारत महाराष्ट्रको रायगढ जिल्लामा एक ५ तल्ले घर भत्कँदा करिब ९० जना पुरिएका छन्। पुरिएकामध्ये ८ जनाको उद्धार गरिएकोमा १ जनाको मृत्यु भएको थियो भने ७ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
Advertisements



JUNGLE






from the
city



दक्षिण मुम्बईदेखि १ सय ८० किलोमिटर दूरीको महाड सहरमा सोमबार साँझ भवन भत्किएको हो। रायगढ जिल्ला प्रशासनले चारवटा उद्धार टोलीले उद्धार गरिरहेको जनाएको छ।
उक्त भवनमा ४७ वटा फ्ल्याट थिए। भत्कने क्रममा भवन हल्लन सुरु गर्दा केही मानिसहरु भने बाहिर भाग्न सफल भएको बताइएको छ। गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहायता उद्धारका लागि सबै निकायलाई निर्देशन दिएका छन्।