महिन्द्राको अफरोड एसयूभी महिन्द्रा थार २०२० आयो थप विशेषताका साथ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

महिन्द्राले आफ्नो लोकप्रिय अफरोड एसयूभी महिन्द्रा थार २०२० भारतमा लन्च गरेको छ । अक्टोबर २ अर्थात महात्मा गान्धी जयन्तीको अवसर पारेर महिन्द्राले सेकेन्ड जेनेरेसन महिन्द्रा थार २०२० लन्च गरेको हो । यसको बेस मोडलको मूल्य ९ लाख ८० हजार र टप मोडलको मूल्य १२ लाख ९५ हजार भारु तोकिएको छ । यसको बुकिङ प्रारम्भ भएको छ भने आगामी नोभेम्बर १ देखि डेलिभरी गरिने छ । नेपालमा भने त्यसपछि बल्ल आउने अनुमान गर्न सकिन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पुरानो महिन्द्रा थारको तुलनामा नयाँ थारमा धेरै कस्मेटिक परिवर्तन गरिएको छ । यसका कारण लुक सानदार छ भने पावरफुल समेत छ । ग्राहकले पेट्रोल वा डिजेल अप्सनमा यसलाई खरिद गर्न सक्ने छन् । यो ४ सिटर र ६ सिटर अप्सनका साथ उपलब्ध छ । विभिन्न तीन ट्रिम अर्थात एलएक्स, एएक्स र एएक्स (ओ) मा महिन्द्रा थार २०२० उपलब्ध हुनेछ । एएक्स (ओ) भेरिएन्ट चाहिं पेट्रोल र डिजेल पावरट्रेन अप्सनका साथ उपलब्ध हुनेछ । यसमा भएको २।० लिटर फोर सिलिन्डर पेट्रोल इन्जिनले १५० बीएचपी पावर र ३०० एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी २.२ लिटर डिजेल इन्जिनले १३० बीएचपी पावर र ३०० एनएम टर्क जेनेरेट गर्छ । दुवै बीएस ६ इन्जिन हुन् भने दुवै इन्जिन ६–स्पिड म्यानुअल र अटोमेटिक गियरबक्स अप्सनमा उपलब्ध छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नयाँ महिन्द्रा थारमा एमहक १३० साइड ब्याज हेर्दा निकै नै आकर्षक देखिन्छ । यही एमहक इन्जिनकै कारण यसले अफरोड एसयूभीको पावर देखाउन सक्छ । यसमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम, एड्जस्टेबल सिट, रुफ माउन्टेड स्पिकर, क्रुज कन्ट्रोल, ड्युअल एयरब्याग, स्टेयरिङ माउन्टेड कन्ट्रोल, एबीएस, ईबीडी, हिल असिष्ट सिष्टम, डिजिटल ओडोमिटर, इलेक्ट्रोनिक मल्टी ट्रिप मिटर जस्ता विभिन्न आकर्षक फिचर उपलब्ध छन् । त्यसैगरी यसमा स्क्वायर एलईडी टेललाइट र फाइभ स्पोक अलोय ह्विल जस्ता विभिन्न फिचर समेत उपलब्ध छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु