माइक्रोसफ्टले चाँडैनै अफिस ३६५ का एडमिनहरुलाई सम्भावित ह्याकिङ क्रियाकलापको बारेमा जानकारी दिने भएको छ । जेडीनेटको रिपोर्ट अनुसार माइक्रोसफ्टले रोडम्याप अपडेट ल्याएर यो प्रणाली तयार पारेको हो। यो भन्दा अघि पनि आइटी प्रशासकहरुलाई ह्याकिङ गरिएमा ईमेल जाने गर्दथ्यो तर यो नयाँ अपडेट सँगै अफिस ३६५ को माइक्रोसफ्ट डिफेन्डर मार्फत नोटिफिकेसन पनि प्राप्त हुने भएको छ । माइक्रोसफ्टले केही समयदेखि थ्रेट एक्टीभिटी ट्रयाक गर्न खोजिरहेको छ । यो नयाँ अपडेटले प्रयोगकर्ताहरुको अकाउन्ट ह्याक हुन लागेमा पनि सावधान गराइ दिनेछ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सन् २०१९ मा माइक्रोसफ्टले दश हजार जनालाई ह्याकिङको बारेमा सचेत गराएको थियो । माइक्रोसफ्टले सिधै डिफेन्डर ड्यासबोर्डमा नोटिफिकेसन दिने भएकाले आइटीका कर्मचारीहरुलाई प्रणाली सुरक्षित बनाउन समय दिने गर्दछ । हालैमा माइक्रोसफ्टले उत्तर कोरियाका ह्याकरहरुले अन्वेषकहरुलाई ह्याक गर्न खोजेको जानकारी पत्ता लगाएको थियो । माइक्रोसफ्टको प्रणालीमा पनि हालैमा अट्याकरहरुले सोलार वीन्ड अट्याक गरेर सोर्स कोड प्राप्त गरेका थिए ।



JUNGLE






from the
city


