माघ मसान्तसम्म थप १ लाख ४८ हजार जनामा कोरोना संक्रमण हुन सक्ने स्वास्थ्य मन्त्रालयको अनुमान

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

माघ मसान्तसम्म थप १ लाख ४८ हजार जनामा कोरोना संक्रमण हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ । कात्तिकदेखि आगामी माघसम्म थप १ लाख ४८ हजार नयाँ संक्रमित थपिन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्षण अर्यालले बताए । ‘यसको उपचार र व्यवस्थापनको व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग मिलेर काम गरिरहेका छौं’ उनले भने ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पहिलो चरणमा असोजसम्म सक्रिय संक्रमितको संख्या मध्यम रहेमा ३९ हजार र बढी रहेमा ९१ हजारसम्म पुग्न सक्ने अनुमान गरेको उनले बताए । ‘अहिले हामी दोस्रो फेजको माघसम्मको योजना बनाएर काम गरेका छौं’ उनले भने । आगामी जोखिमको तयारीमा रहनका लागि सरकारले स्थानीय तह, जिल्ला, प्रदेश र संघीय अस्पताल निर्माणका लागि बजेट पठाइसकेको अर्यालले बताए । उनले सरकारले कोरोना रोकथाममा मात्रै लागेर नहुने पनि बताए । ‘स्वास्थ्य मन्त्रालयले मात्रै कोरोनाको उपचारको व्यवस्थापन गर्न सक्दैन’ उनले भने ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु