कैलाली र कञ्चनपुरमा मापदण्ड पूरा नगरी पिउने पानी प्रशोधन गर्ने ९ वटा उद्योगमा सिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले ९ वटा उद्योगहरुलाई सिलबन्दी गरी उत्पादन रोकेको हो । उद्योगहरुले मापदण्ड तथा गुणस्तर सुधार नगरेसम्म उत्पादन रोक्ने कार्यालय प्रमुख नवराज दाहालले बताए । ९ मध्ये एउटाले मापदण्ड अनुसार सुधार गरेपछि उत्पादन फुकुवा पनि गरिएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कैलालीको धनगढी–५, को कैलाली वाटर इण्डष्ट्रिजले उत्पादन गर्ने ओसिएन, टीकापुर–१ को न्यू एभरेष्ट अनुज उद्योगले उत्पादन गर्ने एभरेष्ट पिवर, लम्कीचुहा–१ को अक्वा कर्णाली अमृत एण्ड बेभरेज इण्डष्ट्रिजले उत्पादन गर्ने हिमाली जल र लम्कीचुहा–३ को एनकेडिजे बेभरेज एण्ड प्याकिंग उद्योगले उत्पादन गर्ने कैलाशजल ब्राण्डको उद्योग सिलबन्दी गरी उत्पादन रोक्का गरिएको हो । टीकापुर–१ को अनुज एभरेष्ट उद्योगले उत्पादन गर्ने एभरेष्ट ब्राण्डको हल्का पेयको उत्पादनमा पनि उद्योग सिलबन्दी गरी रोक लगाइएको छ ।



JUNGLE






from the
city



कञ्चनपुरको पुनर्वास–३ को डेलि ड्रिंकिङ वाटर एण्ड मल्टी प्रोडक्सन उद्योग र भीमदत्त–२, भाँसीको शिवशंकर वाटर एण्ड मल्टी प्रोडक्सनले लेबल बिनाको पानी बजारमा पठाएको र उद्योगभित्र पनि मापदण्ड पूरा नगरेको हुनाले उद्योग सिलबन्दी गरी उत्पादन रोक्का गरिएको कार्यालय प्रमुख दाहालले बताए । भीमदत्त–४ को ब्लु बर्ड वाटर ट्रिटमेन्ट एण्ड सप्लायर्सले ब्लु बर्ड ब्राण्डको प्रशोधित पानी उत्पादनमा पनि उद्योग सिलबन्दी गरी रोक लगाइएको छ । शुक्लाफाँटा–६, झलारीको कौशल कञ्चन मिनिरल्स्ले गंगाजल ब्राण्डको पिउने पानी उत्पादनमा पनि रोक लगाइएको थियो । सो उद्योगले मापदण्ड अनुसार सुधार गरेपछि गंगाजल ब्राण्डको पिउने पानी उत्पादन फुकुवा गरिएको कार्यालय प्रमुख दाहालले जनाए ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २४ वटा पिउने पानी प्रशोधन उद्योगहरु अनुगमन गरी नौ वटा उद्योगले मापदण्ड पूरा नगरी उत्पादन गरिरहेको भेटिएपछि उत्पादन रोक्का गर्न उद्योगहरुमा सिलबन्दी गरिएको उनले बताए । कैलालीको गोदावरी–१, अत्तरियाको संगम वाटर इण्डट्रिजले उत्पादन गर्ने स्प्रुजो ब्राण्डको पिउने पानीको सिलबन्द रहेको बोटलमा बाहिरी फोहोर भेटिएपछि सो उद्योगविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले सो उद्योगविरुद्ध खाद्य नियामावली विपरितको पिउने पानी बजारमा पठाएको अभियोगमा मुद्दा चलाएपछि अदालतले बयानको प्रक्रिया सुरु गरेको कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा खाद्य गुणस्तरको अनुगमन तथा नियन्त्रण गर्ने जिम्मेवारी पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले एउटा तेल, पाँच वटा चिसो पेय पदार्थ, ६ वटा खाद्यान्न, २ वटा दलहन, एउटा किसमिस, तीन वटा बेकरी, एउटा दालमोठ र एउटा पिउने पानी सम्बन्धी मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको कार्यालय प्रमुख दाहालले जनाए । उनले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विभिन्न ४८ वटा उद्योगका उत्पादन नमुना विश्लेषण गर्दा एउटा चामल र एउटा पिउने पानीको नमुना मानव स्वास्थ्यको प्रतिकुल भेटिएको जनाए ।