मारुती सुजुकीले अर्को नयाँ सब फोर मिटर एसयूभी उत्पादन गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

मारुती सुजुकीले अर्को नयाँ सब फोर मिटर एसयूभी उत्पादन गर्ने भएको छ । कम्पनीले सव फोर मिटर एसयूभी सेग्मेन्टमा आफुलाई अझै बलियो बनाउन लागेको हो । कम्पनीले २०२२ को अन्त्यसम्ममा नयाँ क्रस ओभर कम्प्याक्ट गाडी बजारमा ल्याउने अनुमान गरिएको छ । कम्पनीले ल्याउने यो कम्प्याक्ट क्रसओभरले निसानले ल्याउन लागेको म्याग्नाइट, रेनो किगर लगायतका मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । यो मूल्यका हिसावले मारुती सुजुकीको सबैभन्दा कम मूल्यको क्रसओभर कार हुने छ । यसको भारतमा ५ लाख भारु मूल्य रहने सक्ने अहिले अनुमान गरिएको छ । मारुती सुजुकीले आफ्नो नयाँ योजना सार्वजनिक गर्दै सन् २०२३ सम्ममा ५ नयाँ एसयूभी बजारमा ल्याउने घोषणा गरेको छ । हरेक ६ महिनामा नयाँ यूटिलिटी भेहिकल बजारमा उतार्ने जनाएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कम्पनीको योजना अनुसार पहिलो गाडी टोयोटा इनोभाको प्ल्याटफर्ममा टोयोटासँगको सहकार्य अनुसार एमपीभी आउने अनुमान गरिएको छ । ७ सिट क्षमतामा आउने एमपीभीले महिन्द्रा मराजो, टोयोटा इनोभासँग नै प्रतिस्पर्धा गर्ने छ । कम्पनीले नयाँ जेनेरेशन भिटारा ब्रेजा र टोयोटा राइजमा आधारित नयाँ मिडसाइज एसयूभी सन् २०२२ मा बजारमा ल्याउने योजना बनाएको रिपोर्ट बाहिर आएको छ । उक्त मिडसाइज एसयूभीले हुन्डाई क्रेटा, किया सेल्टोस जस्ता उत्पादनसँग प्रतिस्पर्धा गर्ने छ । मारुती सुजुकीले ५ ढोकासहित भारतमा उत्पादन गर्ने घोषणा गरेको जिम्नी सन् २०२३ मा मात्रै बजारमा आउने अनुमान गरिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु