मार्क जुकरबर्गको आलोचना गर्ने एक कर्मचारीलाई फेसबुकले जागिरबाट हटायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

ट्रम्पको विवादास्पद टिप्पणीका विरुद्ध मौन रहेको भन्दै फेसबुकका संस्थापक मार्क जुकरबर्गको आलोचना गर्ने एक कर्मचारीलाई फेसबुकले जागिरबाट हटाइदिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद पोस्टलाई ट्वीटरले निगरानीमा राख्यो । तर, फेसबुकले यसबारे कुनै पनि कदम चालेन । यसबारे फेसबुकमाथि आलोचना भइरहेको बेला त्यहाँ अर्को घटना घटेको हो । फेसबुकमा इन्जिनियरका रुपमा कार्यरत ब्रान्डन डेललाई फेसबुकले हालै जागिरबाट हटाएको हो । डेलले आफूलाई कम्पनीले बर्खास्त गरेको कुरा ट्वीटरमार्फत् पनि सार्वजनिक गरेका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

पछिल्लो समय अमेरिकामा सामाजिक र राजनीतिक रुपमा हलचल भइरहे पनि फेसबुकका मालिक जुकरबर्ग मौन रहेको भन्दै जुकरबर्गको विश्वव्यापी आलोचना भइरहेको छ । यही आलोचनाको चक्करमा ब्रन्डनले आफ्नो मालिकको भूमिकाको सार्वजनिक रुपमै आलोचना गरेका हुन् । अमेरिकामा रंगभेदविरोधी ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियान चलिरहँदा यसबारे जुकरबर्गले कुनै प्रतिक्रिया दिएका छैनन् । यसैले ब्रान्डन जुकरबर्गसँग असन्तुष्ट बन्दै आएका थिए ।

मालिकको आलोचना गर्दा जागिर गुमाउने ब्रान्डन एक्ला भने होइनन् । उनीसँगै फेसबुकले दर्जन बढी कर्मचारीलाई बर्खास्त गरेको छ । जसमध्ये ६ जना इन्जिनियर नै छन् । जुकरबर्ग नश्लवादविरोधी आन्दोलनबारे मौन रहनुमा राजनीतिक कारण भएको उनीहरुको आरोप थियो । फेसबुकले ब्रान्डनको बर्खास्तीबारे खबर सार्वजनिक गरेपनि कारण भने खुलाएको छैन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु