वानप्लसले मार्चमा नाइन आर फोन र स्मार्टवाच सार्वजनिक गर्न सक्ने भएको छ । वानप्लसले मार्चमै चार ओटा डिभाइसहरु निकाल्न सक्ने छ । नाइन आर फोन र स्मार्टवाचसँगै कम्पनीले स्टयाण्डर्ण नाइन र नाइन प्रो पनि निकाल्ने बताइएको छ ।
नाइन आरको नाम पहिले नाइन ई या नाइन लाईट राख्ने भनिएको थियो । यो ६.५ इन्चको स्क्रीन तथा ९० हर्ज डिस्प्लेका साथ आउन सक्ने बताइएको छ । त्यस्तै यसमा स्न्यापड्रयागन ६९० चीपको पनि प्रयोग गरिने जनाइएको छ । तर यसमा पहिलेको नर्ड एन भन्दा बढि -याम र ब्याट्री रहने छ । वानप्लसको स्मार्टवाचमा वेयर ओएस प्रयोग गरिनेछ । यो केही हद सम्म ओप्पो जस्तै हुने पनि बताइएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185