मार्सेइलाई पराजित गर्दै फ्रेन्च सुपर कपको उपाधि १० औं पटक पिएसजीको कब्जामा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

फ्रेन्च सुपर कपको फाइनलमा मार्सेइलाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कीर्तिमानी १० औं पटक फ्रेन्च सुपर कपको उपाधि आफ्नो कब्जामा राखेको छ । पिएसजीको लागि खेलको ३९ औं मिनेटमा इकार्डीले पहिलो गोल गरेका थिए । पहिलो हाफ १(० गोलको अन्तरमा सकिएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

दोस्रो हाफको ८५ औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । गोलरक्षक योहान पेलेले पेनाल्टी क्षेत्रभित्र इकार्डीलाई लडाएपछि पिएसजीले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा एन्जल डी मारियाको स्थानमा मैदान छिरेका नेयमारले कुनै गल्ति नगरी पेनाल्टीमार्फत गोल गर्न सफल रहे । मार्सेइले अन्तिम समयमा सान्त्वना गोल फर्काएका थिए । तर उक्त गोल जितका लागि पर्यप्त नहुँदा पिएसजीले आफ्नो १० पटक उपाधि रक्षा गरेको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु