रौतहट । साउन ०४ गते
मालपोत कार्यालय मौलापुरले सेवा प्रवाह गर्ने दिनहरु तोकेको हो । कार्यालयले एक सुचना जारी गरि सेवा प्रवाह हुने वार र सेवा प्रवाह हुने नगरपालिका तोकेको हो । कोरोना भाइरस कोविड १९ को संक्रमणको जोखिम बाट कर्मचारी तथा सेवाग्राही लाइ संक्रमित हुन् बाट बचेर सेवाह प्रवाह गर्ने भएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यस अघि जिल्ला प्रशासनले आज देखि सरकारी कार्यालयको सेवाहरु प्रवाह हुने जनाएको थियो । सोहि अनुसार आजदेखि मालपोत कार्यालय मौलापुर खुल्न लागेको हो । आज साउन ०४ गते आइतवार देखि कर्मचारी अभावका कारण एक सिफट आइतवार देखि बिहिवार सम्म बिहान १० बजे देखि ०५ बजे सम्म र शुक्रवार १० बजे देखि ०३ बजे सम्म कार्यालय संचालन हुने कार्यालय प्रमुख बबुनन्दन साहले जानकारी गराउनु भएको हो ।
सेवा लिन आउने सेवाग्राहीहरु को भिडभाड बढी हुने हुँदा संक्रमणको जोखिम लाइ मध्य नजर गरी कार्यालय संचालन गर्दा भौतिक दुरी कायम गरी मास्क अनिवार्य रुपमा प्रयोग गरि सेवा लिनको लागि कार्यालय क्षेत्र भित्र आउन भनिएको कार्यालय का कर्मचारी कौशल श्रीवास्तवले बताए ।
आइतवार,बुधवार को दिन मौलापुर नगरपालिका तथा फतुआ विजयपुर नगरपालिका ,सोमवार,बिहिवार बौधिमाइ नगरपालिका र परोहा नगरपालिका यस्तै मंगलवार ,शुक्रवार देवाहि गोनाही र कटहरिया नगरपालिकाको सेवाहरु प्रवाह हुने जनाइएको हो ।
मौलापुर मालपोत कार्यालयको विज्ञप्ती
