मिलानको स्वीट्जरल्यान्ड क्लब लुगानोमाथी ५–० गोलको फराकीलो जित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

अर्जेन्टिनी स्ट्राइकर लाउटारो मार्टिनेजको दुई गोलको मद्दतले इटालियन सिरी ए क्लब इन्टर मिलानले मैत्रिपूर्ण खेलमा फराकिलो जित निकालेको छ । मंगलबार बेलुका भएको खेलमा मिलानले स्वीट्जरल्यान्ड क्लब लुगानोमाथी ५–० गोलको फराकीलो जित निकालेको हो । खेलको चौथो मिनेटमा नै अग्रता लिएको मिलानले पहिलो हाफमा ४–० को अग्रता बनाएको थियो । खेलको चौथो मिनेटमा डाल्बर्ट हेन्रिक्युले गोल गर्दै अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा लुगानोका डिफेन्डर अकोस केक्सकेसले आत्मघाति गोल गरेपछि मिलानको अग्रता दोब्बर भएको थियो । त्यसको एक मिनेट नबित्दै अर्जेन्टिनी स्ट्राइकर मार्टिनेजले गोल गर्दै मिलानलाई ३–० को अग्रता दिलाए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दा मिलान पहिलो हाफमा ४–० ले अगाडि बढेको थियो । मार्टिनेजका दुबै गोलका लागि एलेक्स सान्चेजले असिस्ट गरेका थिए । दोस्रो हाफ सुरु भएको दुई मिनेट नबित्दै मिलानले पेनाल्टी अवसर पायो । दोस्रो हाफमा पहिलो मिनेटमा नै सान्चेजको स्थानमा मैदान प्रवेश गरेका रोमेलु लुकाकुले पेनाल्टीमा गोल गरे । त्यसपछि दुबै टोलीबाट थप गोल हुन नसक्दा मिलानले लुगानोमाथि ५–० गोलको फराकिलो जित निकालेका हुन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु