मुकेश अम्बानीको घर बाहिर भेटिएको शंकास्पद कार भित्र भेटियो धम्किपूर्ण पत्र

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

भारतीय धनाड्य उद्योगपति मुकेश अम्बानीको घर बाहिर भेटिएको शंकास्पद कारका बारेमा अनुसन्धान भइरहेको छ । क्राइम ब्राञ्च र एटीएसले यस बारेमा अपराधि पत्ता लगाउने कोशिशमा जुटेका छन् । यही क्रममा गाडिमा जुन पत्र भेटिएको छ, त्यसले ठूलो कुराको खुलासा गरेको छ । उक्त शंकास्पद कारमा भेटिएको पत्रमा भनिएको छ –‘यो त केवल एउटा ट्रेलर मात्र हो । नीता भाउजू, मुकेश दाई यो त केवल एउटा झलक हो । अघिल्लो पटक सामान पूरा भएर तिमीहरु कहाँ आउने छ र त्यसको पूरा व्यवस्था पनि भइसकेको छ ।’ मुम्बईमा मुकेश अम्बानीको मुम्बईस्थित निवास एन्टिलिया बाहिर बिहिबार एउटा स्कार्पियो कार भेटिएको छ, जसमा जिलेटिन स्टिक पाइएको थियो । त्यसपछि त्यहाँ त्यसको अनुसन्धान भइरहेको छ र सुरक्षा पनि बढाइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

स्कोर्पियोमा मुम्बई इन्डियन्सको ब्याग
सूत्रका अनुसार यस गतिविधिलाई अन्तिम रुप दिनका लागि लामो समयदेखि योजना बनाइरहेको थियो । तिमीहरु शंकास्पद गाडीलाई अम्बानीको घरको अझ नजिक रोक्न चाहान्थे तर धेरै सुरक्षाका कारण यो हुन सकेन । उनीहरुले अम्बानीको परिवारका हरेक गतिविधिमा नजर राखिरहेका थिए । हरेक कुनालाई ट्रयाक गरिएको थियो । सूत्रका अनुसार जून स्कपियो कार भेटिएको थियो, त्यसको सीटमा मुम्बई इन्डियन्सको ब्याग राखिएको थियो । मुम्बई इन्डियन्स आईपीएलको क्रिकेट टीम हो, जसका मालिक मुकेश अम्बानी नै हुन् । त्यस ब्याग भित्र धम्किले भरिएको पत्र राखिएको थियो । जुन व्यक्तिले उक्त स्कोर्पियो त्यहाँ पार्क गरे, उनी त्यो गाडिलाई त्यहीँ छाडेर इनोभा कारमा बसेर अगाडि बढे ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु