मुम्बई प्रहरीले कंगना र उनकी दिदीलाई नोभेम्बर १० भित्र बयानका लागि हाजिर हुन आदेश

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

मुम्बई प्रहरीले बलिउड अभिनेत्री कंगना रनौट र उनकी दिदी रंगोली चंदेललाई बयानका लागि हाजिर हुन बोलाएको छ । उनीहरुलाई नोभेम्बर १० भित्र हाजिर हुन भनिएको हो । न्यूज एजेन्सी एएनआईले यसबारे ट्विट गर्दै जानकारी दिएका हुन् । कंगनाविरुद्ध मुम्बईको बान्द्रा प्रहरी वृत्तमा उजुरीपछि मुम्बई प्रहरीले समन ९बयानका लागि प्रहरी वृत्त बोलाएको पत्र० पठाइएको हो । स्थानीय अदालतको आदेशमा मुम्बई प्रहरीले कंगना र उनकी दिदि रंगोली विरुद्ध १७ अक्टोबर मा एफआईआर दर्ता गरेको थियो । उनीहरु विरुद्ध सामाजिक सञ्जालमा गरेका पोस्टहरु मार्फत साम्प्रदायिक तनाव फैलाएकोलगायत अन्य आरोप लागेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बान्द्रा मेट्रोपोलिटन मजिस्ट्रेटको अदालतले बलिउड निर्देशक मुनावर अली सय्यदको उजुरीमा मुम्बई प्रहरीलाई अनुसन्धान गर्न आदेश दिएको हो । एक प्रहरी अधिकारीका अनुसार उनीहरु विरुद्ध भारत दण्ड संहिताको धारा १५३ ए ९धर्म, जाति आदिको आधारमा विभिन्न समुदाय बिचमा झगडा बढाउनु०, २९५ ए ९जानाजानी धार्मिक भावनामा चोट पुर्याएको० र १२४ ए (देशद्रोह) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । मुद्दामा भनिएको छ, “अभिनेत्री कंगनाले पछिल्लो २ महिनादेखि टिभीमा दिएको अन्तर्वाता र ट्विटर मार्फत ‘भतीजवादको गढ’, ‘भेदभावको बढावा’ आदि भनेर बलिउडको बदनाम गरिरहेको छ । उनले निकै आपत्तिजनक टिप्पणी गरिन, जसले उजुरीकर्तालाई मात्र नभई धेरै कलाकारहरुको धार्मिक भावनालाई पनि चोट पुर्यायो ।”

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु