मुसलधारे वर्षाका कारण ताप्लेजुङमा विद्यालय भवन भत्कियो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

बुधबार रातीको मुसलधारे वर्षाका कारण भित्ताको ढिस्कोना भत्किएर ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ स्थित बेसीगाउँ आधारभूत विद्यालयको भवन भत्किएको छ ।
चार कोठे भवन भत्किदा २५ लाख बढीको क्षति भएको प्रअ डम्बर राईले जानकारी दिए । विद्यालयको भवन भत्किएसँगै कक्षाकोठा व्यवस्थापनबारे सम्बन्धित वडा कार्यालयमार्फत् गाउँपालिकालाई जानकारी गराइएको विद्यालयले जनाएको छ ।
उता फक्ताङलुङ गाउँपालिका–७ लेलेपस्थित ओलाङचुङगोलामा २ वटा काठेपुल तमोर नदीले बगाएको छ । ओलाङचुङगोलाबाट दाङजेन जाने पक्की पुल र काठे पुल बगाएको हो । पुल बगाएपछि आवातजावत समस्या बनेको गाउँपालिका अध्यक्ष सरोज एभेङले जानकारी दिए ।
पक्की पुल गतवर्ष मात्र १२ लाख रुपैयाँ खर्चेर बनेको थियो । ओलाङचुङगोलास्थित चिनियाँ ठेकेदारले राखेको एउटा गाडी समेत नदीले बगाएको छ । सदरमुकाम–टिपतला भन्ज्याङ जोड्ने सडक निर्माणका क्रममा ठेकेदारले छाडेको गाडी बगाएको हो ।
सडक निर्माणका लागि ठेकेदारले ल्याएका सवारी साधनमध्ये सडक राम्रै भएकाले छाडेर गएको थियो । यता मिक्वाखोला गाउँपालिका–५ पापुङमा काठेपुल पनि खोलाले बगाएको छ ।
यसैबीच ओलाङचुङगोलामा मंगलबार विहान पारीपटि चरनका लागि पठाएको चौरी डोरीले बाँधेर वारी तारिएको छ । तमोर नदीमा ह्वात्तै बाढी आएको र बाढीको सतह समेत नघटेकाले वारीपारी मान्छेले चौरीलाई डोरीमा बाँधेर तारिएको तेन्जिङ वालुङले जानकारी दिए ।
फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका कर्मचारी वालुङका अनुसार दुना चौरी भएकाले बाध्य भएर डोरीमार्फत वारि तारिएको हो । वालुङले भने, “यदि दुहुना नभएको हुँदो हो त नदीको सतह नघटुन्जेल त्यतै राख्न मिल्थ्यो । बाछा पनि मर्ने र चौरी पनि थुनेलो भएर विग्रने भएकाले जवरजस्ती डोरीमा तार्नु बाध्यता बन्यो ।”

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु