मेडिकल सञ्चालकलाई बन्धक बनाउने २ जना पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मेडिकल पसल चलाउने ४३ वर्षीय पुरुषलाई बन्धक बनाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको रामधुनी नगरपालिका–५ मा मेडिकल पसल चलाउने ब्यक्तिलाई शुक्रवार साँझ अज्ञात ब्यक्तिले बारम्बार फोन गरेर लगौनाचोकमा बोलाएर बन्धक बनाएका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

लगौनाचोकस्थित डायमण्ड कम्प्लेक्समा मेडिकल सञ्चालकलाई ‘शरीर बन्धक’ बनाउने सन्दिप देवान उर्फ समिप मगर र गणेश दर्जी उर्फ डनदाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ‘प्रहरीको इन्सपेक्टर हुँ’ भनेर फोन गरेपछि मेडिकल सञ्चालक भदौ ५ मा साँझ लगौनाचोक पुग्छन् । त्यहाँ भेटिएका २ जनाले उनलाई मनोजकुमार चौधरीको घरको दोस्रो तलाको डायमण्ड कम्प्लेक्समा बन्धक बनाउँछन् ।

बन्धक बनाउने मध्येका गणेश दर्जीले ‘म ईप्रका धरानको इन्सपेक्टर हुँ, तिमीले धरानमा गल्ती गरेका रहेछौ’ भन्दै धम्क्याउँदै ३ लाख रुपैयाँ मागेका थिए । सन्दिप र गणेशले औषधी पसलेलाई ‘भोलिपल्ट ३ लाख २० हजार रुपैयाँ दिनुपर्ने’ शर्तमा नागरिकता, लाइसेन्स र मेडिकल दर्ता प्रमाणपत्र लिएर खाली कागजमा औठाछाप लगाएर छाडेका थिए ।

पक्राउ परेका २ जनालाई आपराधिक लाभ मुद्धामा जिल्ला अदालत सुनसरीबाट म्याद लिएर थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु